बिहीबार, १३ वैशाख २०८१

एनआईसी एशिया लघुवित्तको आइपिओ बाँडफाँट

समयपोष्ट २०७७ असार २० गते १२:०८

Advertisement

एनआईसी एशिया लघुवित्तको आइपिओ बाँडफाँट भएको छ । आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता शेयर प्राप्त गरेका छन् । ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर प्राप्त गरेको लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता साधारण शेयर निश्कासन गरेको थियो ।

लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।

जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री