शुक्रबार, १६ चैत २०८०

विवाह भएको भोलिपल्टै कोरोनाले लियो बेहुलाको ज्यान, १ सय ११ भन्दा बढीमा संक्रमण

समयपोष्ट २०७७ असार १७ गते २२:१२

Advertisement

कोरोना भाइरस संक्रमणका कारण विवाह भएको भोलिपल्टै बेहुलाको ज्यान गएको छ ।

बिहारको राजधानी पटनास्थित पालीगन्जका ती ब्यक्ति विवाहकै दिन बिरामी थिए र अवस्था निकै खराब थियो । गुडगाउँमा इन्जिनियरको काम गर्दै आएका ती ब्यक्ति कोभिड–१९ को लक्षण झाडापखालाका कारण पटना अस्पतालमा उनको उपचार पनि भएको थियो । तर, उनको परिवारले उनलाई औषधि खान लगाएर परम्पराअनुसार नै विवाह गर्न बाध्य पा¥यो ।

विवाहमा ३ सय ५० भन्दा धेरै जना पाहुना सहभागी भएका थिए । जसमध्य सहभागी १ सयभन्दाधेरै पाहुनामा कोभिड–१९ संक्रमण भेटिएको पुष्टि भएको छ ।

जब पटनाका डिस्ट्रिक मेजिस्ट्रेट श्री कुमार रविलाई एक अज्ञात व्यक्तिले फोनमार्फत घटनाको विवरण सुनाए त्यसपछि प्रशासनले यसबारे छानविन थाल्यो । बेहुलाको मृत्युपछि उनको परिवारले अन्तिम संस्कार समेत गरिसकेकाले यी व्यक्तिको परीक्षण भने हुन पाएन ।

लगत्तै उनका आफन्तहरुमा पनि कोभीड–१९ सँग सम्बन्धित लक्षण देखियो । परीक्षणपछि उनीहरुको स्याम्पल पोजेटिभ आयो ।

जब संक्रमितको संख्या १५ पुग्यो, त्यसपछि विवाह र बेहुलाको मलामी गएका झन्डै ४ सय व्यक्तिको पहिचान गरेर त्यसमध्ये सम्भावित व्यक्तिलाई आइशोलेट गर्नका लागि २४ जुनदेखि २६ जुनसम्म विशेष परीक्षण शिविर नै आयोजना गरियो ।

त्यसमध्ये ८६ जनाको नतिजा पोजेटिभ आयो । उनीहरु सबैलाई अहिले आइशोलेसनमा राखिएको छ । कडाई उल्लंघनबारे थप छानविन गर्न डिस्ट्रिक मेजेस्ट्रेटले आदेश दिएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री