शनिबार, ८ वैशाख २०८१

अब २ वर्ष पछिमात्रै बिमितले ऋण पाउने

समयपोष्ट २०७७ असार १७ गते २०:२६

Advertisement

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमालेख प्रारम्भ भएको मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बीमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो ।

समितिका अनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेख ‘ब्याकडेट’ गर्न सक्नेछ । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएको बीमा लेखको हकमा भने त्यस्तो व्यवस्था गर्न पाइने छैन । समितिले बीमालेखअन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी कर्जा प्रदान गर्दा बीमा लेख प्रारम्भ भएको मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा कम्पनीलाई जानकारी गराएको छ ।

समितिले निर्देशन दिँदै भनेको छ, “एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पूरा भएपछि मात्रै समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री