शुक्रबार, १६ चैत २०८०

थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ३० पुग्यो मृतकको संख्या

समयपोष्ट २०७७ असार १७ गते १६:४८

Advertisement

थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ । संक्रमित मध्य ११७ महिला र ३६५ पुरुष रहेका छन् ।

उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।

यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री