शनिबार, ८ वैशाख २०८१

एशियन लाईफले असार २८ गतेसम्म बीमालेख पुनर्जागृत गराए ५० देखि १०० प्रतिशतसम्म ब्याज छुट दिने

समयपोष्ट २०७७ असार १७ गते ९:३१

Advertisement

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमालेख तिर्न बाँकी रहेका कारण बीमा लेख ब्यतित (पोलिसि ल्याप्सड) भएका सेवाग्राहीहरुलाई असार २८ गतेसम्म बीमालेख पुनर्जागृत गराए ५० देखि १०० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी गरिएका बीमा लेख अन्तर्गत २०७७ असाल १५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितीले ६ महिना नाघेका पुर्ण ब्यतित भएका बीमालेखहरु मिती २०६६/३/ १६ देखि २०७७ असार २८ गतेसम्म पुर्नजागरण गराउने बीमितहरुलाई कम्पनीले ब्याजमा छुट दिने भएको हो ।

कम्पनीका अनुसार भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएका बीमाशुल्क किस्ताको मितीले तीन बर्षभित्र ब्यतित भएको बीमा लेखको हकमा सत् प्रतिसत् ब्याज छुट हुँने छ । यसैगरी भुक्तानी नभएका बीमाशुल्क किस्ताहरुमध्ये पहिलो भुक्तानी नभएका बीमाशुल्क किस्ताको मितीले तीन बर्षभन्दा बढी ब्यतित भएका बीमा लेखको हकमा पचास प्रतिसत् ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री