शुक्रबार, ७ वैशाख २०८१

अदालतको निणर्य-श्रीमतीले सिन्दुरचुरा लगाउन अस्विकार गर्नुको अर्थ उनी डिभोर्स चाहन्छिन्

समयपोष्ट २०७७ असार १७ गते ९:०४

Advertisement

भारतको गुवाहाटी हाइकोर्टले श्रीमतीले सिन्दुर र चुरा लगाउन अस्विकार गर्नुको अर्थ विवाहलाई अस्विकार गर्नु भनेको छ । कोर्टले यसको अर्थ महिलाले सो वैवाहिक सम्बन्ध अगाडी बढाउन नचाहेको साथै यसलाई सम्बन्धविच्छेद दिने आधार भनेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार एक व्यक्तिले गुवाहाटी हाइकोर्टमा सम्बन्धविच्छेदको याचिका दर्ता गरेका थिए । यसमा चीफ न्यायाधिस अजय लाम्बा र न्यायधिस सौमित्र सैकियाले श्रीमतीले सिन्दुर लगाउन अस्विकार गर्नुलाई एक प्रमाणको रुपमा माने ।

बेन्चले आफ्नो निर्णयमा भन्यो, ‘हिन्दु रितिरिवाजको हिसाबले विवाहित महिलाले यदि सिन्दुर लगाउदिनँ र चुरा लगाउँदिनन् भने उनी अविवाहित जस्तै देखिन्छिन् र यो प्रतिकात्मक रुपमा विवाहलाई अस्विकार गर्नु हो । यस्तो गर्ने महिलाको उद्देश्य स्पष्ट हुन्छ कि उनी आफ्नो श्रीमानसँग आफ्नो वैवाहिक जीवन जारी राख्न चाहन्नन् ।

अदालतले यस्तो अवस्थामा श्रीमान् श्रीमतीसँग बस्नु महिलाद्वारा श्रीमान् र उनको परिवारलाई प्रताडना दिएको मानिनेछ ।

फ्यामिली कोर्टले यो मामिलामा प्रमाणको मूल्याङ्कन सही दिशामा नगरी गल्ती गरेको अदालतले बताएको छ ।

वास्तवमा फ्यामिली कोर्टले श्रीमानद्वारा दर्ता गरिएको सम्बन्धविच्छेदको निवेदन खारेज गरेको थियो । अपिल गर्ने व्यक्तिको विवाह सन् २०१२ मा भएको थियो । त्यसपछि श्रीमान्–श्रीमान् चाँडै नै अलग्गिएका थिए । महिलाले घरेलु हिंसाको आरोप लगाएकी थिइन् भने श्रीमानले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री