बिहीबार, १५ चैत २०८०

हराएकी श्रीमती जब केटी साथीसंग यस्तो अवस्थामा फेला परिन्

समयपोष्ट २०७६ असार ११ गते १४:२६

Advertisement

विवाह गरेको केही समयमै श्रीमती बेपत्ता भएपछि खोजीमा रहेका पुरुषले उनको श्रीमती महिला पार्टनरसंग रहेको फेला पारेका छन् । भारतको राजस्थानको अलवर जिल्लामा एक महिला हराइरहेको भन्दै उनको श्रीमानले खोजीका लागि प्रहरीमा निवेदन दर्ता गराएका थिए । ज्योति नामकी महिलाले एक महिनाअघि आफ्नो घर छोडेकी थिइन् । श्रीमान् गोपाल सिंहले श्रीमती हराएको भन्दै बेपत्ताको रिपार्ट दर्ता गराएका थिए । गोपालले पुलिस रिपोर्टमा जून १ तारिखदेखि उनकी श्रीमती अलवरको शाहजहांपुर इलाकाबाट हराइरहेको बताएका थिए ।

जन ज्योति एक महिला पार्टनरसंग भेटिइन् उनले प्रहरीलाई दिएको वयानले प्रहरी नै छक्क पर्यो । ज्यातीको तर्फबाट दर्ता गरिएको बयान अनुसार उनको गोपालसँग जबरजस्ती विवाह गराइएको थियो । जून १ मा जब गोपाल कामको सिलसिलामा घरबाट बाहिर गएका थिए तब ज्योतिले आफ्नो पार्टनर गुञ्जन बाइलाई
बोलाइन् । त्यहाँबाट दुई हरियाणाबाट मानेसर भागे । पुलिसले ज्योति र गुञ्जनलाई सँगै बसिरहेको भेटे । गुञ्जन एक राष्ट्रिय स्तरकी खेलाडी हुन् ।

ज्योतिले आफू पार्टनर गुञ्जनसँग विवाह गर्न चाहेको तर परिवारले उनको विवाह जबरजस्ती गोपालसँग गराइदिएका कारण आफु भाग्न बाध्य भएको प्रहरीलाई बयान दिएकी छन् । ज्योतिका अनुसार उनका श्रीमान् गोपाल उनलाई घरको एउटा कोठामा बन्द गरेर शाहजहांपुरस्थित कारखानामा काम गर्न जान्थे । ज्योति र गुञ्जनलाई मेजिस्ट्रेटको अदालतमा पेश गरियो जहाँ ज्योतिले आफ्नो श्रीमानसँग बस्न अस्विकार गर्दै आफ्नी पार्टनरसँग फिर्ता जाने इच्छा जताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री