बिहीबार, १५ चैत २०८०

एन आई सी एशियाका ग्राहकहरुलाई सी.पी. हस्पिटलमा उपचार गराउदा २०% सम्म छुट

समयपोष्ट २०७६ असार ११ गते १२:३६

Advertisement

एन आई सी एशिया बैंक लिमिटेड र सी.पी. हस्पिटल, प्रा.लि. धनगढी, चटकपुरबीच विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीज्यूले हस्ताक्षर गरे ।

सम्झौतासंगै बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्राप्त गर्ने छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री