शुक्रबार, १६ चैत २०८०

युनाइटेड इन्स्योरेन्सको दुई सय चालिस प्रतिशत् हकप्रद स्वीकृत

समयपोष्ट २०७६ असार ९ गते १०:३३

Advertisement

नेपाल धितोपत्र बोर्ड धितोपत्र बोर्डले युनाइटेड इन्स्योरेन्सको चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद स्वीकृत गरेको छ ।

इन्स्योरेन्सको हकप्रद असार ८ गते आइतबार स्वीकृत भएको हो । कम्पनी पूँजी वृद्धिका लागि चैत २९ गते हकप्रद निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुगेको थियो।

यससँगै इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि बुकक्लोज निर्धारण गरि बढीमा दुई महिनाभित्रमा एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्नेछ ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले भारी मात्रामा हकप्रद बिक्री गरेर कायम गर्न लागेको हो ।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्स कम्पनीको हकप्रद पश्चात एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री