शुक्रबार, १६ चैत २०८०

साताको शेयर बजार : एक अर्ब ९१ करोडको कारोवार

समयपोष्ट २०७६ असार ७ गते २१:०४

Advertisement

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने सङ्केत ग¥यो । यद्यपी कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर रु एक अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद बिक्री भए । गत बिहीबार अर्थात जेठ ३० गते एक हजार २६९.५५ बिन्दुमा पुगेर कारोवार बन्द भएको नेप्से यस साताको शुरुको दिन अर्थात असार १ गते आइतबार ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा झ¥यो ।

कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर रु ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भए । यस्तै निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुग्यो । कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढ्यो ।

मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पग्यो । घटेको बजारमा कारोवार रकममा पनि गिरावट आयो । कूल १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर रु ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भयो ।

साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो । परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुग्यो । टकका अनुसार आज १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो । सो दिन परिसूचक ५.९० अङ्कले बढेर एक हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोवार रकम भने सस्तैमा समेटियो । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रु ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरीद बिक्री भए ।

तीन कम्पनीका शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहिबार विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद शेयर सूचीकृत भए । स्टकमा जेविल्स फाइनान्स लिमिटेडका तीन लाख ४० हजार ९५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार २८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री