शनिबार, ८ वैशाख २०८१

निःशुल्क स्वास्थ्य बीमा छिटो र सर्वसुलभ बनाउन माग

समयपोष्ट २०७६ असार ६ गते १३:३६

Advertisement

प्रतिनिधिसभाको बैठकमा सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको आजको विशेष समयमा उनले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य सेवाको हकलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुलभ बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद शर्माले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरुमा प्रभावकारी हुन नसकेको र सरकारी अस्पतालमा समेत छिटोछरितो नहुने गरेको भन्दै सबै सरकारी अस्पलतामा सहज र सर्वसुलभ तरिकाले सेवा दिन आग्रह गरिन् । उनले सबै सरकारी अस्पतालमा निःशुल्क खानेपानीको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिइन् ।

सांसद राजेन्द्र्रप्रसाद गौतमले सङ्खुवासभामा केही दिनअघि आएको हावाहुरीका कारण ६० घरका कृषकको अलैँची खेती नष्ट भएकाले ती कृषकलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले रौतहट जिल्लामा घटेको १५ वर्षीय नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराधको घटनामा मिलापत्र गरेकामा आपत्ती जनाउँदै बलात्कार, हत्या, आतङ्कजस्ता कुरामा मिलापत्र गर्ने कार्यप्रति सरकारको ध्यान जानुपर्ने सुझाव दिए ।

अर्का सांसद मीना पाण्डेले सर्लाही जिल्लामा कुमार चौधरीलाई प्रहरीले समातेर हत्या गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय हत्याजस्तो गम्भीर प्रकृतिका मानव अधिकार हननका बढदै गएकामा चिन्ता व्यक्त गरे ।

सांसद राधा ज्ञवालीले कृषि, सहकारी तथा प्राकृृतिक स्रोत समितिको बैठकमा तराईका अधिकांश जग्गा चौधरीको नाममा रहेको र ती जग्गाको मालिक भारतीय भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्तो विषयमा आफूले कुनै कुरा नभनेको स्पष्ट पारिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री