शुक्रबार, १६ चैत २०८०

टिभिएसको एक घर एक टिभिएस अभियान : बीमा तथा तालिम कार्यक्रम सम्पन्न

समयपोष्ट २०७६ असार २ गते ११:३९

Advertisement

नेपालका लागि टिभिएस टु व्हीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

देशभर प्रत्येक घरमा टिभिएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा जगदम्बाले काठमाण्डौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको अध्यक्षता जगदम्बा मोटर्स प्रा.लि का भाईस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले गरेका थिए । त्यसै गरि प्रमुख अतिथिको रुपमा नाटुका अध्यक्ष जीवन अधिकारीको उपस्थिती रहेको थियो । अतिथिको रुपमा नाटुका सम्पुर्ण पदाधिकारीको समेत उपस्थिती रहेको उक्त कार्यक्रमलाई स्वागत मन्तब्य बाट टिभिएसको सर्भिस हेड अमरदीप मजुमदरले स्वागत गरेका थिए ।

नाटु र जगदम्बा मोटर्स परिवारको तर्फबाट संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक रुपमा समुद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा टिभिएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि रु. ५१,००० आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने यसका अलावा नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट रु. २०० उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।

सो अवसरमा कार्यक्रमको बारेमा बताउदै भाईस प्रेसिडेन्ट अग्रवालले भने,“टिभिएस अहिले नाटुसंग निरन्तर सहकार्य गर्न चाहन्छ । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकार भएको हुदा मेकानिक्सहरुलाई तालिम दिनु आवश्यक छ ।

उनले देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यको साथ दस हजार भन्दा बढि मेकानिक्सहरुलाई तालिम प्रदान गरिसकेको समेत जानकारी दिए ।

टिभिएसको टिभिएस साथ छ हाम्रो अभियान एक सफल अभियान हो र यस साथ छ हाम्रो अभियान अन्तर्गत को यो एक घर एक टिभिएस, अर्काे अभियानमा अघि बढेको थुप्रै कार्यक्रमहरु माझ यस तालिम तथा बिमा कार्यक्रम ६७ स्थानहरुमा ३००० मेकानिकलाई तालिम दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री