बुधबार, १२ वैशाख २०८१

“भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने, यस्तो गणतन्त्र कसको लागि ?”

समयपोष्ट २०७६ असार १ गते १५:२०

Advertisement

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकले कतैपनि धार्मिक आस्थामाथि हस्तक्षेप नगरेको दाबी गरेकी छिन् ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले काठमाडौँ उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै भएको बताइन् ।

उनले भनिन्,‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?’।

सांसद चौधरीले प्रतिपक्षी दल कांग्रेसलाई प्रश्न गरिन्, ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो ?’

संसदमा भावुक हुँदै शान्ताले थपिन्, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री