बुधबार, ५ वैशाख २०८१

काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

समयपोष्ट २०७६ जेठ ३२ गते ७:५५

Advertisement

गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ ।राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता नै सिन्धायने भन्दै फिर्ता गर्नुपर्ने माग भइरहेको छ ।

दाङको आन्दोलनले सामन्ती संरचनाबाट बनेका गुठीहरुको शोषण अन्त्य गर्ने भन्दै विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग राखेको छ ।

आखिर विधेयकको पक्ष र विपक्ष दुवैखालले आन्दोलन एकै पटक किन उठ्यो ?

विधेयकले गुठीहरुको प्रकृति कस्तो हो छुट्याएको छैन । नेपालभर रहेका गुठीलाई एकै खालको ठानेर व्यवस्ति गर्ने भनियो । गडबडीको शुरुवात त्यहीँबाट भएको छ ।

कुनै गसठी विगतमा सामन्ती संरचनाका कारण बनेका छन् कुनै जात्रापर्व, रीतिरिवाज सञ्चालन गर्ने उद्देश्यले । यसलाई विधेयकले एउटै डालोमा हालेको छ ।

काठमाडौँको विपरित तर्क दाङमा उठेको छ । सयौँ विघा जग्गा गुठीमा रहने तर त्यसको खनजोत गर्ने व्यक्तिचाहिँ गुठीलाई कुत बुझाउँदा बुझाउँदै वर्षौँदेखि कङ्गाल भइरहनुपर्ने उनीहरुको तर्क छ ।

दाङमा उठेको आन्दोलनमा नेकपाका नेताहरुसमेत सहभागी छन् । ‘काठमाडौँ र हाम्रोमा भएका गुठीको प्रकृति नै फरक छ । त्यहाँ स्वर्गद्वारी गुठीको करिब १२ सय बिघा जमिनमा थारुहरुले दुःख गर्दै आएका छन्, आएको कमाइजति त्यहाँ पुजारी महन्तलाई बुझाउँदै ठिक्क छ,’ दाङको आन्दोलनमा सहभागी भएकी नेकपा सांसद शान्ता चौधरीले भनिन्, ‘वर्षौंदेखि दुःख गर्दा पनि त्यहाँका गरिबलाई टाउको लुकाउने बास छैन । पुजारीहरु महलमा बस्छन् । काठमाडौँमा आन्दोलन गर्नेहरुले दाङमा गएर त्यहाँका मानिसको पीडा सून्नुभयो भने आँखाबाट आँसु आउँछ ।’

राजधानीको आन्दोलनमा धर्म र संस्कृतिको सवाल बढी आएको छ भने दाङमा यो विषय जग्गा प्राप्तिसँग जोडिएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री