शुक्रबार, १४ वैशाख २०८१

अब ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सन नेपाल लाइफको बीमा योजनाहरु खरिद गर्न सकिने

समयपोष्ट २०७६ जेठ २८ गते १८:५९

Advertisement

ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु के.सीले हस्ताक्षर गरे ।

सम्झौतासंगै अब ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु मार्फत सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि. को जीवन बीमा योजनाहरु खरिद गर्न सकिने छ । साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १४६ शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री