बिहीबार, १३ वैशाख २०८१

यातायात मन्त्रालयका उपसचिवको कर्तुतः ब्ल्याक मेल गर्दै छोरी बलात्कार ! आमा यसकारण थिइन् मौन

समयपोष्ट २०७६ जेठ २८ गते १४:२४

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवले आफ्नै छोरीलाई बलात्कार गर्दै आएको खुलेको छ । छोरीले बुबाबिरुद्ध प्रहरीमा उजुरी दिएपछि सो घटनाबारे खुलासा भएको हो ।

यादवले आफ्नै १८ वर्षीया छोरीलाई विगत २–३ वर्षदेखि जर्बजस्ती करणी गर्दै आएका थिए । हाल उनलाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ ।

उनले छोरीलाई ब्यालकमेलिङ गर्दै बलात्कार गर्ने गरेका थिए । उनले विदेशतिर छोरीसँग बाबुले सम्पर्क राख्ने गरेको बताउँदै नेपालमा पनि गर्दा केही नहुने बताउँदै जर्बजस्ती गर्दै आएका थिए ।

यादवले श्रीमती नभएको मौका पारेर कक्षा १२ मा पढ्ने छोरीलाई आफ्नै घरमा बलात्कार गर्दै आएका थिए । पक्राउ परेका यादवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादवकी छोरी कलेजका शिक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेमीकै दबाबमा यादवकी छोरीले बाबुविरुद्ध जाहेरी दिएकी थिइन् । यो विषय श्रीमतीलाई पनि थाहा थियो तर, उनले बेइज्जती हुने डरले घटना गुपचुप रोखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।

महोत्तरी सोनमा वाविस–घर भएका यादवको हाल ललितपुर धोविघाटमा पनि घर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री