बिहीबार, १३ वैशाख २०८१

राष्ट्र बैंकमा नयाँ कार्यकारी निर्देशक

समयपोष्ट २०७६ जेठ २८ गते ११:३९

Advertisement

नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकहरुले अवकाश पाएका छन् । रिक्त रहेको पदमा बैंकले बरिष्ठ निर्देशकबाट चार जनालाई कामु कार्यकारी निर्देशक तोकेको छ । उनीहरु एक महिनापछि स्वत: कार्यकारी निर्देशक हुने छन्।

कामु कार्यकारी निर्देशक तोकिएकाहरुमध्ये चार जनालाई अहिले काम गरिरहेको विभागमै जिम्मेवारी दिइएको छ भने एक जनालाई अर्कै विभागमा सरुवा गरिएको छ। प्रदेश ५ को योजना आयोग उपाध्यक्षसमेत रहेका डा. प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धानको निर्देशकबाट सारेर लघुवित्त विभाग प्रमुख बनाइएको छ।

बाँकी चार जना बैंकिङ अफिसका नरेश शाक्य, संस्थागत योजना विभागका सुमनकुमार अधिकारी र नियमन विभागका बमबहादुर मिश्र र विदेशी विनिमय विभागकी सरिता भट्टलाई त्यहीँको प्रमुखको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री