बिहीबार, ६ वैशाख २०८१

‘भारत’को कमाइ एक हप्तामै १५० करोड

समयपोष्ट २०७६ जेठ २८ गते ९:५३

Advertisement

इदको अवसरमा प्रदर्शनीमा आएको सलमान खानको चलचित्र ‘भारत’ ले एक हप्तामै सानदार कमाइ गरेको छ । प्रदर्शनमा आएको पाँचौ दिनमानै ‘भारत’ले २७.९० करोड अर्थात् जम्मा १५० दशमलव १० करोड भारु कमाएको छ ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘भारत’ ले प्रदर्शनको पहिलो दिन बुधबार ४२.३० करोड, बिहीबार ३१ करोड, शुक्रबार २२.२० करोड, शनिबार २६.७० करोड, आइतबार २७.९० करोड अर्थात् जम्मा १५० दशमलव १० करोड भारुको गरिसकेको छ ।

सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको चलचित्रमा सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषको फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो ।

चलचित्रमा सलमान खान ‘भारत’ नाम गरेका एक युवा अवस्थाको व्यक्तिदेखि ७० वर्षीय वृद्धसम्मको पाँचवटा भिन्न भिन्न अवतारमा देखिएका छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिने बेलाको त्रासदीपूर्ण समयको भागदौडमा आफ्ना बुबा र सानी बहिनी गुमाएका ‘भारत’ ले आफ्ना परिवारका जिम्मेवारी कसरी उठाउँछन् र हराएका बुवा र बहिनीको खोजी गर्दाको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री