शुक्रबार, ७ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ बचत खाता “बचत पनि विमा पनि” संचालनमा

समयपोष्ट २०७६ जेठ २८ गते ९:३८

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ बचत खाता “बचत पनि विमा पनि” संचालनमा ल्याएको छ ।

जस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।

यी खाता खोल्ने ग्राहकहरुका लागि १६ लाख रुपैयाँसम्मको विमाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घातक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

यी खाता खोल्दा ग्राहकहरुले मासिक सात सय ब्याज प्राप्त गर्न सक्ने छन् । खाताको न्यूनतम मौज्दात पाँच हजार,पन्ध्र हजार र पच्चीस हजार रहेका छन् । यस खातामा ग्राहकहरुले लकर सुविधामा विषेश छुट, नि:शुल्क ABBS तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि नि:शुल्क सुविधा प्राप्त गर्नसक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री