बिहीबार, १३ वैशाख २०८१

प्राइम बैंकको एघारौे बार्षिक साधारण सभा सम्पन्न,१६ प्रतिशत वोनस सेयर पारित

समयपोष्ट २०७६ जेठ २७ गते १३:४३


प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको सोमबार सम्पन्न एघारौे बार्षिक साधारण सभाले वोनस सेयर दिने निणर्य गरेको हो ।

Advertisement

सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी,साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको जनाएको छ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री