बिहीबार, १३ वैशाख २०८१

धनुषाको ढल्केबरमा सिभिल बैंकको नयाँ शाखा

समयपोष्ट २०७६ जेठ २७ गते १३:३८

Advertisement

सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । शाखाको मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा मेयर महतोले ढल्केबरको बढ्दो आर्थिक गतिबिधि संगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गरे ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा सिभिल बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख श्रेष्ठले बताए ।

शाखाको उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

सिभिल बैंकको यस ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री