बिहीबार, १३ वैशाख २०८१

फिल्म चलिरहेका बेला राजधानीका हलमै यौन सम्पर्क गरिरहेको भेटिएपछि……

समयपोष्ट २०७६ जेठ २७ गते १०:१५

Advertisement

पछिल्लो समय युवायुवतीहरुको यौनसम्पर्क राख्ने गन्तव्य सिनेमाघर बन्न थालेको छ ।

शनिबार प्रहरीले राजधानीका विभिन्न हलहरुबाट २३ जनालाई आपत्तिजनक अवस्था रंगेहात समातेपछि यस्तो रहस्य बाहिर आएको हो ।

घटना भारतको राजधानी नयाँदिल्लीको हो । दिल्लीको शंकर सिनेमा हलमा चलिरहेको फिल्म ‘अल इज वेल’ हेर्न आएका दर्शकमध्ये २३ जनालाई सिविल ड्रेसमा हलमा पुगेको प्रहरीले उनीहरुलाई आपत्तिजनक स्थितीमा पक्राउ गरेको हो ।

पक्राउ परेका युवायुवती हलमै शारीरिक सम्बन्ध राख्ने तयारी थिए, त्यही क्रममा प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये १३ पुरुष र १० महिला रहेका छन् । अन्य केही महिलाहरु भने प्रहरीले समात्न खोज्दा भागेका थिए ।

प्रहरीले सबैलाई पक्राउ गरेर चौकीमा ल्याएर परिवारलाई खबर पठाएको छ । एएसपी भास्कर मुखर्जीका अनुसार पछिल्लो समय राजधानी तथा अन्य सहरहरुमा फिल्म हेर्ने बहानामा युवायुवतीहरु हलमै शारीरिक सम्पर्क राख्न जाने गरेका छन् ।

परिवारको सहमतिमा उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरी जमानतमा छाडिने एएसपी मुखर्जीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री