शुक्रबार, १६ चैत २०८०

नेपाल एयरलाइन्सका पाइलटले सिस्टम अन नगरी जहाज उडाउन खोजेपछि….

समयपोष्ट २०७६ जेठ २६ गते १५:०९

Advertisement

नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली उडानमा गम्भीर त्रुटी गरेको छ ।

आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५ एयरबस ३२०–२०० जहाज काठमाडौँबाट भारतको नयाँ दिल्ली जाने तयारीमा थियो ।

जहाज आइआरएस प्रणाली अन नै नगरी टेकअफका लागि रनवे लगिएको रहेछ ।

ट्याक्सी वेमा जहाज रोकिएपछि विमानस्थलको नियन्त्रण कक्षमा सूचना आयो आइआरएस(इन्टर्नल रिफ्रेन्स सिस्टम) अन नभएकाले केही समय लाग्ने ।

यो सिस्टम सुचारी नगरी जहाज उडानु जोखिमपूर्ण मानिन्छ । पाइलटहरुका अनुसार पार्किङबाट जाँदाखेरी नै उक्त सिस्टम पूर्णरुपमा सूचारु भइसकेको हुनुपर्छ । तर नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन मोहम्मद घानी, कोपाइलट उद्धव घिमिरे र नागरिक उड्डयन प्राधिकरणका उडान सुपरीवेक्षक डिआर निरौला सहभागी उक्त जहाज उडानको समयमा गम्भिर लापरबाही गरेको पाइएको छ ।

यसअघि नेपाल एयरलाइन्सकै वाइ १२ जहाजकाट क्याप्टेन रहेका घिमिरेको एयरबस ३२० जहाजको पहिलो उडान थियो । त्यसैले उनलाई प्रशिक्षक पाइलट र प्राधिकरणका सुपरीवेक्षक पनि राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री