बिहीबार, १५ चैत २०८०

ऋद्धिसिद्धि सिमेण्टको उत्पादन शुरु

समयपोष्ट २०७६ जेठ २४ गते १३:३७

Advertisement

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ ।
रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा अहिले दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ ।

उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाएको छ । उद्योगलाई दैनिक आवश्यक पर्ने १० हजार मेट्रिक टन कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट ल्याएर भण्डारण गरिएको सो उद्योगले जनाएको छ ।ऋद्धिसिद्धि ब्राण्डको सो सिमेण्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको उद्योगका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिए ।

उनका अनुसार सिमेण्ट उद्योग व्यवस्थापनले युरोपेली प्रविधि र रोबोटको माध्यमबाट गुणस्तरीय सिमेण्ट उत्पादन गरिरहेको छ । हाल सो उद्योगको प्रशासन, प्रयोगशाला, भण्डारण, प्रविधि र श्रम क्षेत्रमा करीब ३०० ले काम गरिरहेका छन् । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगका सिमेण्ट उत्पादन हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री