शुक्रबार, १६ चैत २०८०

‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा

समयपोष्ट २०७६ जेठ २४ गते १०:३६

Advertisement

उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरमा एक कार्यक्रममाबीच दुगड ब्रर्दश एन्ड सन्स प्रालिले सो मोडलको स्कुटर सार्वजनिक गरेको हो ।

म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको सो स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दुरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिए ।

यस स्कुटरमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको छ । स्कुटरको मूल्य तत्कालका लागि २ लाख २४ हजार ९ सय तोकिएको छ । नयाँ आर्थिक वर्षसँगै स्कुटरको मूल्यमा केही वृद्धि हुने उपाध्यक्ष दुगडले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री