शनिबार, ८ वैशाख २०८१

वर्ल्डकपमा सामसुङले ल्यायो विशेष अफर,सामसुङ टिभी खरिदमा ४४% सम्मको क्यास व्याक

समयपोष्ट २०७६ जेठ २४ गते १०:३३

Advertisement

 

सामसुङ इलेक्ट्रोनिक्स नेपालले ‘आईसीसी क्रिकेट वर्ल्डकप २०१९’ लक्षित गरी विशेष अफर ल्याएको छ। कम्पनीले  सामसुङ टिभीको खरिदमा “अनवक्स म्याजिक विथ एभरी हिट” अफर ल्याएको हो ।

अफर अन्तर्गत सामसुङका टिभीको खरिद गर्दा ४४% सम्मको क्यास व्याक प्राप्त हुने छ । यो योजना नयाँ टिभी किन्ने ग्राहकको लागि छुटाउनै नहुने राम्रो अफरका रुपमा रहेको कम्पनीको दावी छ ।

यस क्यास ब्याक अफरमा, ग्राहकहरुले काठमाडौंका सामसुङ प्लाजा मार्फत टिभी खरिद गरि सरल किस्तावन्दीको सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । सरल किस्तावन्दी सुविधा १२ महिना अवधिको हुनेछ ।

सामसुङ टिभीको खरिदमा २ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत टिभीमा १ वर्षको सम्पूर्ण वारेन्टी र थप १ वर्षको वारेन्टी सुविधा प्यानलमा मात्र प्राप्त हुनेछ ।

यो अफर यही जेठ १८ गतेदेखि लागू भई असार ३० गते सम्म रहने कम्पनीले जनाएको छ । यो अफर नेपाल अधिराज्यभरिका सामसुङ प्लाजा तथा हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारका डिलर सञ्जालमा आबद्ध आधिकारिका बिक्रेताहरु मार्फत प्राप्त गर्नसकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री