वल्र्डलिंकको “नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९” सुरु ,विजेतालाई साढे दुई लाख नगद
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक “नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९” आयोजना गरेको छ ।
जुन १ बाट सुरु भएर जुन ३० सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा काठमांडौबाट ८ वटा कलेज तथा काठमांडौ बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् ।
यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने छ र सोही रणनितिहरु प्रतियोगिताको निर्णायक मण्डलसामुु प्रस्तुत गर्नुपर्ने छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।
यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. २,५०,०००, दास्रो स्थान प्राप्त हुने कलेजलाई रु. १,००,००० र तेस्रो स्थान प्राप्त हुने कलेजलाई रु. ७५,००० प्रदान गरिने छ ।
प्रतिक्रिया