मंगलबार, ४ वैशाख २०८१

इन्फिनिटी लघुवित्तको आईपिओ बाँडफाँट

समयपोष्ट २०७६ जेठ २२ गते ११:३५

Advertisement

इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँट गरेको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बुधबार बिहान आईपिओ बाँडफाँट गरिएको हो ।

लघुवित्तको आईपिओमा कूल ३ लाख २९ हजार ७०६ वटा आवेदनबाट कूल ६९ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ६९ लाख ४७ हजार १५० कित्ताको आवेदन परेको थियो । जसमध्ये ६२७ आवेदन रद्ध भएको छ भने बाँकी ६२ हजार ९ सय ९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँट गरिएको छ ।

लघुवित्तले जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत आईपिओ निष्काशन गरेको थियो। जसमा ११.०३ गुणा बढी आवेदन परेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री