बिहीबार, १५ चैत २०८०

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प आजबाट सुरु

समयपोष्ट २०७६ जेठ २२ गते ६:३३

Advertisement

अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालले तीन दिने सर्भिस क्याम्पको आयोजना गरेको छ । कम्पनीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट आजदेखि शुक्रबारसम्म रहने गरी निःशुल्क सर्भिस क्याम्पको आयोजना गरेको हो ।

‘विश्व वातावरण दिवस २०१९’ को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको हो ।

अग्नि इनर्जीको निःशुल्क सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुने छ । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ । सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय सवारी Reva, e2o, eVerito तथा eSupro गाडीहरुको सर्भिसिङ्ग हुने छ ।

‘विद्युतीय सवारीका वातावरणमा तथा मानिसका लागि थुप्रै फाइदाहरु छन्, विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ, साथै विद्यूतीय सवारीबाट १ किलोमिटर दुरीको लागि जम्मा रु १ खर्च हुन्छ, जुन कुरामा आम उपभोक्ताहरु अनभिज्ञ प्रायः हुनुहुन्छ ।’ अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले उल्लेख गरे ।

अग्निले विक्री पछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री