बुधबार, १२ वैशाख २०८१

‘रोयल इनफिल्ड’ क्लासिक ३५० सी सी बि एस आइ भि सार्वजनिक,यस्ता छन् बिशेषता

समयपोष्ट २०७६ जेठ २१ गते १९:१६

Advertisement

विश्वकै पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” को नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी.बि एस आइ भि,गन मेटल ग्रे विथ रियर डिष्क ब्रेक नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक गरिएको “रोयल इनफिल्ड” गन मेटल ग्रे स्पोर्टी लुक,म्याट फिनिस,रियर डिष्क ब्रेकसहित उपलब्ध छ ।

“रोयल इनफिल्ड” क्लासीक ३५० सी.सी इञ्जिन,हेड लाइट केसिंग,फ्युल ट्यांक,डुअल डिष्क ब्रेक,ओभल टुल,याक्जष्ट फिन्स,स्पिडोमिटर डायल्स,सिंगल सिट स्प्रिंग,स्याडल टेल लाइट यासेम्बल्लि र हेड क्यापमा देख्न सकिन्छ । हाल थपिएको रियर डिष्क ब्रेकका कारण टुरिङ्ग यो बाइक झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ ।

हाल यो बाइक पाँच लाख पन्ध्र हजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । विवेक अटोमोबाइल्स प्रा.लि.ले यो बाइक आफ्ना १९वटा शाखा एवं डिलहरु मार्फत विक्री वितरण शुरु गरेको छ । साथै विक्री पछि सेवाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री