शुक्रबार, ७ वैशाख २०८१

सार्वजनिक सवारी साधनलाई पेनड्राइभ बाँडिने

समयपोष्ट २०७६ जेठ २० गते १२:०४

Advertisement

काठमाडौं महानगरपालिकाले सार्वजनिक सवारी साधनलाई पेनड्राइभ वितरण गर्ने भएको छ।

महानगरले ट्राफिक सचेतनायुक्त सामाग्री भरिएको पेनड्राइभ वितरण गर्ने भएको हो ।

यात्रुहरूले कसरी यात्रा गर्ने, चालक सहचालकले यात्रुलाई कस्तो व्यवहार गर्ने, ट्राफिक नियमको जानकारीलगायतका सामग्री समावेश भएको पेन ड्राइभ वितरण गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

पेनड्राइभ भएका सामग्री चालकले सवारी साधनमा अनिवार्य बजाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री