शुक्रबार, १५ मंसिर २०८०

कञ्चन डेभलपमेन्ट बैंकले १० लाख ३९ हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने

समयपोष्ट २०७४ असार १५ गते ५:४१

कञ्चन डेभलपमेन्ट बैंकले असार ३० देखि भदौ १ सम्म हकप्रद सेयर निश्कासन गर्ने भएको छ । बैंकले प्रति साधारण सेयर १०० रुपैयाँको दरमा १० लाख ३९ हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने भएको हो ।

Advertisement

बैंकले जेठ ३१ गतेसम्म कायम भएका सेयरधनीहरुको लागि १० कित्ता सेयर बराबर नयाँ ३ कित्ताको दरले हकप्रद निष्काशन गर्नेछ । बैंकको हकप्रद बिक्री प्रवन्धक ग्लोवल आइएमर्इ क्यापिटल रहेको छ । 

लगानीकर्ताहरुले ग्लोबल आइएमइ क्यापिटल नाचघर, कञ्चन डेभलपमेन्ट बैंकका केन्द्रीय तथा शाखा कार्यालयहरु, ग्लोबल आइएमइ बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, चितवन, पोखरा, नेपालगञ्ज र वुटवलबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री