बुधबार, १२ वैशाख २०८१

दक्ष र उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेका छौं : ऋषि तिवारी

समयपोष्ट २०७४ असार १५ गते ३:१०

 प्रिन्सिपल, पिनाकल कलेज
पिनाकल २०५५ सालमा टिचरको समूहले सुरु गरेको कलेज हो । संस्थापनकालदेखि नै हाम्रो व्यवस्थापन एउटै छ । त्यही व्यवस्थापनले अहिलेसम्म काम गरिरहेको छ । एउटा टिम स्पिरिट छ । शैक्षिक संस्थाको मुख्य उद्देश्य भनेको दक्ष र उत्कृष्ट जनशक्ति उत्पादन गर्ने भन्ने हुन्छ । हाम्रो विगतको शैक्षिक इतिहासलाई हेर्दा एचएसईबीको रिजल्टमा बोर्ड फस्र्ट गरिसकेको छ । पिनाकलका पास आउट विद्यार्थी जसले छात्रवृत्तिमा डाक्टर, इन्जिनियर पढे । उनीहरू समाजमा स्थापित भैसकेका छन् । त्यसको साथसाथै यहाँका विद्यार्थी आईटी प्रोफेसनल, चार्टर्ड अकाउन्टेन, बैंक म्यानेजर भैसकेका छन् भने विदेशमा पनि उनीहरू जबमा प्लेसमेन्ट भैसकेका छन् । 

Advertisement

विद्यार्थी अभिभावकले कलेज केका आधारमा छान्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले कलेजमा कस्तो छ भने पहिले एउटा समूहले खोल्यो, त्यसपछि त्यो कोल्याप्स भयो अथवा टुक्रियो । त्यसपछि अर्को समूह आयो । त्यसखालको कन्फ्लिक्टहरू कलेजको म्यानेजमेन्टमा आइरहेको छ । त्यसले गर्दा त्यो शैक्षिक संस्थाको निरन्तरता प्रमुख कुरा हुन्छ । सुरुदेखि व्यवस्थापन र प्रिन्सिपल एउटै हो कि होइन, त्यो हेर्नुप¥यो । फेरि म्यानेजमेन्ट कन्फ्लिक्ट भयो भने त्यसले गुणस्तरीय शिक्षा पनि प्रदान गर्न सक्दैन । कलेजको शैक्षिक उपलब्धि भनेको रिजल्ट नै हो । कतै जागिर खान जाँदा सबैले हेर्ने सर्टिफिकेट नै हो । शैक्षिक पूर्वाधारहरूमा पर्याप्त मात्रामा ल्याब, लाइब्रेरी, अहिलेको आईटीलाई सपोर्ट गर्ने अडियो भिजुअल क्लासरुम, दक्ष शिक्षकलगायतका कुरा हर्नुपर्छ । कलेजप्रति समाजको हेर्ने दृष्टिकोण सकारात्मक छ कि छैन । कलेजका पूर्वविद्यार्थीको त्यस कलेजप्रतिको धारणा कस्तो छ । शिक्षासँग सरोकार राख्ने सबै व्यक्तिले त्यो संस्थाप्रति सकारात्मक धारणा राख्छन् कि राख्दैनन् त्यो हेर्नुप¥यो । यी कुराहरू पत्ता लगाउन कलेजको शिक्षक र प्रिन्सिपललाई भन्दा पनि पूर्वविद्यार्थी र अभिभावकहरूसँग बुझ्दा राम्रो हुन्छ । यी कुराहरूमा ध्यान पु¥याउँदा विद्यार्थीले नराम्रो कलेजमा पढ्नु पर्दैन र पिनाकलमा ती सबै कुरा छ भन्नेमा म दाबी पनि गर्छु ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री