शुक्रबार, ७ वैशाख २०८१

लक्ष्मी बैककोे ३८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित, थपिए २ सञ्चालक

समयपोष्ट २०७४ असार १३ गते १२:४२

लक्ष्मी बैकको साधारण सभाले ३८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । मंगलवार संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षता सम्पन्न सोह्रौं वार्षिक साधारणसभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफाबाट २०७३ आषाढ मसान्तमा कायम शेयर पूँजीको ३८% बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 
सो बोनस शेयर २०७३ आषाढ मसान्त पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १००% हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९% हुन आउँछ । प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका शेयरधनीहरु, १००% हकप्रद शेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम शेयरधनीहरु समेत उक्त बोनस शेयर पाउन योग्य हुनेछन् ।
 साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

Advertisement

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गर्न सफल भएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

बैंकले करिब ७०० भन्दा बढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो ६८ शाखा मार्पmत सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गरेको हो ।
आ.व. २०७२/७३ मा ४८.१५  अरब निक्षेप र ४०.३६ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ । लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवाप्रवाहगरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री