बुधबार, १२ वैशाख २०८१

निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्दै

समयपोष्ट २०७४ असार ११ गते ५:२७

दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारबाट मतदाता परिचयपत्र वितरण सुरु गर्ने भएको छ । असार १४ गते  निर्वाचन हुँन लागेको प्रदेश नम्बर १, ५ र ७ का मतदाताहरुलाई आयोगले आजबाट परिचय पत्र वितरण गर्न लागेको हो । 

Advertisement

मतदाताहरुले असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र लिन सक्नेछन् । यि प्रदेशका ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको आयोगले जनाएको छ । 

मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने नागरिकता, लाइसेन्स, पासपोर्ट वा अन्य कुनै परिचयपत्र  लिएर स्वयं जानुपर्नेछ । मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचय लिनका लागि एकाघरको परिवारको सदस्य भएको यकिन गरी दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ ।परिचयपत्र वितरण गर्न आयोगले सुरक्षाकर्मी बाहेक ६६ हजार ९०० कर्मचारी परिचालन गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री