शनिबार, ८ वैशाख २०८१

नारायणगढ–मुग्लिन सडकखण्ड एघार घन्टापछि सुचारु

समयपोष्ट २०७४ असार ११ गते ५:००

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहानबाट यातायात सञ्चालनमा आएको छ ।  विभिन्न ठाउँमा पहिरो खसेका कारण गएराति ९ बजेदेखि  यातायात सञ्चालनमा आउँन सकेको थिएन । विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि करीब ११ घन्टापछि यातायात सुचारु भएको हो । 

Advertisement

इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि सडक अवरुद्ध भएको थियो । चार घन्टाको लगातारको प्रयासपछि आज बिहान ८ः०५ बजेबाट बाटो खुलाउँन सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री