बिहीबार, १३ वैशाख २०८१

उत्कृष्ट फिचर सहित जेडटिइ ब्लेड ए२ प्लस स्मार्टफोन नेपाली बजारमा

समयपोष्ट २०७४ असार ९ गते ५:२२

नेपालका लागि जेटिइ मोबाइल ब्रान्डको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेले जेडटिइ ब्लेड ए२ प्लस स्मार्टफोन नेपाली बजार भित्राएको छ । 

Advertisement

यस फोनमा ३२ जिबीको इन्र्टनल स्टोरेजलाई १२८ जिबीसम्मको एसडीकार्ड प्रयोग गरेर बढाउन सकिने सुविधा  दिईएको छ । द्रुत गतिमा चल्ने यस फोनमा १.५ गिगाहर्जको अक्टा-कोर मिडियाटेक एमटि ६७५० टि प्रोसेसर प्रयोग गरिएको छ । साथै ४ जिबी र्याम भएको यस फोन ठूलो गेम खेल्न, वेब ब्राउजिङ गर्न तथा मल्टि टास्किङमा समेत उपयुक्त हुँने कम्पनीको दाबी छ । ठूलो क्षमताको ब्याट्री ब्याकअप चाहनेका लागि यो स्मार्टफोन उत्कृष्ट रोजाइ हो । यस स्मार्टफोनमा ५००० एमएएचको नन रिमुभेबल ब्याट्री प्रयोग गरिएको छ । 

यस स्मार्टफोनमा छिटो ब्याट्री चार्ज हुँने ओटिजी रिभर्स चार्जिङ प्रविधि पनि प्रयोग गरिएको छ ।

फोनमा  ५.५ इन्चको एचडी डिस्प्ले (१०८०×१९२० पिक्सेल रेजोेलुशन) र ४०१ पिक्सेल डेन्सिटी रहेको छ । जसले सफा  पिक्चर डिस्प्ले गर्न मद्दत गर्छ । 

फोनमा १३ मेगापिक्सलको रियर पिडिएपएफ क्यामेरा र सेल्फीका लागि ८ मेगाफिक्सलको क्यामेरा प्रयोग गरिएको छ ।

क्यामेरामा ०.३ फेज-डिटेक्सन अटो-फ्लास, ०.३ सेकेन्डमा एकुरेट फोकसिङ, दौडिरहेका वस्तु वा मानिसको तस्विर सटिक तस्विर लिन, तथा पानोरोमा सेल्फीजस्ता फिचरहरु रहेका छन । यस फोनमा रातिको समयमा नेचुरल फोटो खिच्नको लागि उपयुक्त फ्रन्टमा स्क्रिन फ्लास समेत प्रयोग भएको छ । 

 पानोरोमा सेल्फी फिचर भएकाले वाइड-एङ्गल तस्विरहरु लिन सकिने छ । स्मार्टफोनका अन्य फिचरहरु डुअल सिम सपोर्ट (थ्रीजी/फोरजी), एक्सेलेरोमिटर सेन्सर, प्रोक्सिमिटी सेन्सर, कम्पास, हल सेन्सर, एफएम रेडियोलगायतका फिचरहरु रहेका छन् । यस स्मार्टफोनको मुल्य रु २३ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री