शुक्रबार, ७ वैशाख २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार आधा घण्टा बन्द

समयपोष्ट २०७४ असार ८ गते ८:३३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान तथा अवतरण शुक्रबार आधा घण्टा सञ्चालनमा नआउँने भएका छन् । 

Advertisement

साझँ साढे चार बजेदेखि पाँच बजेसम्म सबै उडान तथा अवतरण ठप्प हुँने विमानस्थल स्रोतले जनाएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको नियम अनुसार प्रत्येक दुइ वर्षमा गरिने फूल स्केल इमरजेन्सी एक्सरसाइजका लागि विमानस्थल बन्द हुने भएको हो ।

विमानस्थलमा कुनै दुर्घटना भए कसरी उद्धार गर्ने भनेर पूर्व तयारीको लागि यस्तो अभ्यास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री