बुधबार, १२ वैशाख २०८१

सिटिजन्स बैंक र राम्रो रेमिटबीच रेमिट्यान्स सम्झौता

समयपोष्ट २०७४ असार ८ गते ६:२०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र राम्रो रेमिट प्रालिबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिटिजन्स  बैंकका प्रमुख सञ्चालन अधिकृत पारस कुमार काफ्ले र राम्रो रेमिटका प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरे ।

Advertisement

सम्झौतासँगै विश्वका कुनै पनि कुनामा रहेका नेपालीहरुले राम्रो रेमिट मार्फत पठाएको पैसा उनीहरुका परिवारहरुले सिटिजन्स बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्नेछन् । 

यसअघि बैंकले स्वदेशका विभिन्न विप्रेषण कम्पनीहरुसँग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्टन यूनियन, मनिग्राम, आई.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटी एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वी एक्सप्रेस, संम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट र सीजि फिन्कोबाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री