शुक्रबार, ७ वैशाख २०८१

भिसाको ‘एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन ‘पुरस्कारबाट सिद्धार्थ बैंक सम्मानित

समयपोष्ट २०७४ असार ७ गते १२:०१

सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन’ पुरस्कारबाट सम्मानित भएको छ । बैंकलाई भिसा कार्डले आफ्नो ‘एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन’ पुरस्कारबाट सम्मानित गरेको हो । 

Advertisement

सिद्धार्थ बैंकले ग्राहकहरुका आवश्यकताहरुलाई पुरा गर्दै ग्राहकहरुलाई सन्तुष्ट पार्न सकेकाले यो पुरस्कार प्राप्त गरेको जानकारी दियो । बैंकका अनुसार हाल सिद्धार्थ बैंकले भिसा क्रेडिट कार्ड र युएनओ इन्टरनेट भेन्चर डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरेर सञ्चालनमा ल्याएको  छ ।

यस कार्ड मार्फत् देशभरका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बैंकले जानकारी दियो ।

क्रेडिट कार्डसँगै बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ ।

बैंकले हालसम्म १ लाख ६० हजार बढी भिसा कार्ड जारी गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री