शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री साईत जुराएर सरे बालुवाटार

समयपोष्ट २०७४ असार ५ गते ४:२६

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइदिएपछि प्रधानमन्त्री देउवा बालुवाटार सरेका हुन् । 

Advertisement

जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाले  जेठ २४ गते प्रधानमन्त्री पदको शपथ समेत ज्योतिषीले जुराइदिएको साइतको समयमा  लिएका थिए ।

सोमबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्दै  निवासको साँचो हस्तान्तरण गरेका थिए । साथै प्रधानमन्त्री देउवाको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री