शुक्रबार, ७ वैशाख २०८१

चार संस्थालाई गाभेर कुमारी बैंकले एकीकृत कारोबार सुरु गर्दै

समयपोष्ट २०७४ असार २ गते १०:२२

कुमारी बैंकले असार १२ गतेदेखि तीन विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

Advertisement

बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई विलय गरेर एकीकृत कारोबार सुरु गर्ने भएको हो । बैंकले जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार एक गते विलयको अन्तिम स्वीकृति पाएको थियो ।विलय पछि बैंकले ‘कुमारी बैंक लिमिटेड’को नामबाट बैंकले एकीकृत कारोबार सुरु गर्नेछ । गत आर्थिक वर्षको बोनस, ५० प्रतिशत हकप्रद  र विलय पश्चात कुमारी बैंकको चुक्ता पूँजी पाँच अर्ब ९७ करोड रुपैंया पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री