बुधबार, १२ वैशाख २०८१

माछापुच्छ्रे  बैंक हिले शाखाले गर्यो बृहत रक्तदान कार्यक्रम 

समयपोष्ट २०७४ जेठ २८ गते १०:४१

माछापुच्छ्रे  बैंक लिमिटेडले धनकुटाको हिलेमा बृहत रक्तदान कार्यक्रमक सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी धनकुटासँगको सहकार्यमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रमको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका थिए भने सञ्चालन  माछापुच्छ्रे  बैंक हिले शाखाका शाखा प्रबन्धक रमेश अधिकारीले गरेका सिथए । कार्यक्रममा संकलन गरीएको ५२ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटीको धरान स्थित बल्ड बैंकलाई हस्तान्तरण गरिएको बैकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 
६ अर्व ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी . ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा  १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री