नाशाले पेश गर्यो मार्स रोवर कन्सेप्ट भेहेकल,के छ यसमा खास ?
मानिसलाई मंगल ग्रहमा पुग्न दशकौ लाग्न सक्छ । तर नाशाले भने मार्स रोवर कन्सेप्ट तयार पारिसकेको छ । नाशाले केनेडी स्पेस सेण्टरमा लेटेष्ट कन्सेप्ट शोकेस समेत गरिसकेको छ । यो भेहेकललाई एक महिनसम्म फ्लोरिडामा राखिनेछ । त्यसपछि इस्ट कोस्ट टुरमा लगिनेछ । यस भेहेकललाई साईन्स फिक्सन मुभिबाट निकाल्दै मानिसहरु बिच सार्वजनिक गरिएको हो । नाशाले मानिसहरुलाई मंगल ग्रहको बारेमा जानकारी गराउँनको लागि यो भेहेकाल तयार पारेको हो । यो भेहेकल नाशाको मंगल क्याम्पेन्को एक हिस्सा रहेको छ ।
नाशाको यस भेहेकलको लम्बाई २८ फिट,चौडाई १४ फिट र उचाई ११ फिट रहेको छ । यसको ब्हिल्स अफ रोडिंगको लागि तयार गरिएकोे छ । पेश गर्यो
यस भेहेकल भित्र चार जना बस्न मिल्ने सिटका साथ रिसर्च र याक्सपेरिमेण्टको लागि एक सानो ल्याब पनि तयार गरिएको छ । यो कन्सेप्ट रोवरमा सोलार प्यानलबाट चल्ने एक इलेक्ट्रिक मोटर समेत जडान गरिएको छ । यसमा ७०० वाट्को ब्याट्री पनि राखिएको छ । यसको कक्क पिटमा चार जना बस्न सक्नेछन् । यसमा एक रेडियो र नेगिवेशन पनि राखिएको छ जसले ग्लोबल पोजिसनिंग सिष्टमको जानकारी दिन्छ ।
मार्स रोवर कन्सेप्ट भेहेकलाई पारकर ब्रदर्श कन्सेप्ट्ले डिजाईन गरेको हो । अमेरिकामा पारकर ब्रदर्श थीम मुभिज्मा फ्युचर भेहेकल्सलाई पेश गर्नेमा चर्चित छन् । उनीहरुले साईन्स फिक्सन मुभि ‘Tron: Legacy’ मा ट्रोन बाइक प्रयोग गरेका छन् भने ‘The Dark Knight’ मुभिमा बेटमोवाईल बनाएका छन् । पारकर ब्रदर्शले नाशा एस्ट्रोनट्ससंग जानकारी लिएर करीब पाँच महिनाको अन्तरालमा यो भेहेकल डिजाईन् गरेका हुन् ।
एजेन्सी
प्रतिक्रिया