बुधबार, ५ वैशाख २०८१

प्रधानमन्त्री देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिए

समयपोष्ट २०७४ जेठ २४ गते २:५१

नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

Advertisement

प्रधानमन्त्री मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरेर उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतको सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।
देउवा निकट पत्रकार तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलका अनुसार भारतीय प्रधानमन्त्री मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गरे । जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले दुई देशबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री