शुक्रबार, १६ चैत २०८०

किन बन्द गरियो स्कर्पियो अटोमेटिक भेरियण्टको बिक्री ?

समयपोष्ट २०७४ जेठ २३ गते ७:२२

महिंद्रा एंड महिंद्राले भारतमा स्पोर्टस युटिलिटी ब्हीकल (SUV) स्कर्पियोको अटोमेटिक भेरियण्ट बन्द गरेको छ । महिन्द्राले स्कर्पियोको अटोमेटिक भेरियण्टलाई कम्पनीको आधिकारीक वेभसाईटबाट हटाईदिएको छ । यसंगै कम्पनीका आधिकारिक ट्विटर हेंडलले सो कुराको पुष्टि समेत गरिसकेका छन् । महिन्द्रका डिलर्सहरुले पनि भारतमा उक्त भेरियण्टहरु बिक्री नहुँने बताईसकेका छन् । 
महिंद्रा स्कर्पियोको अटोमेटिक भेरियण्ट भारतमा करीब दुई बर्ष अघि लञ्च गरिएकोे थियो । यसको मुल्य १३.१३ लाख देखि १४.३३ लाख आई सि तोकिएको थियो । यस गाडीलाई केवल टप एण्ड मोडल एस १० ट्रिमको साथ पेश गरिएको थियो । गाडीमा २.२ लि mHawk डीजल इंजन राखिएको थियो जो १२० विएचपि पावर सहित २८० एनएम टर्क जेनेरेट गर्न सक्षम  थियो । यसको अलावा सो गाडीमा ६ स्पिड अटोमेटिक गेयरबक्स पनि समावेस गरिएको थियो । 
यस मोडललाई बन्द गर्नुको आधिकारिक कारणे बारे कम्पनीले अहिलेसम्म केही पनि बताएको छैन । तर कम्पनीले यसको फेसलिफ्ट मोडल लञ्च गर्ने तयारी गरिरहेको चर्चा छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री