बुधबार, १२ वैशाख २०८१

सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त

समयपोष्ट २०७४ जेठ २३ गते ७:१८

सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले दिएको राजीनामा स्वीकृत गर्दै गौतमलाई कामु सीईओ नियुक्त गरेको हो । 

Advertisement

गौतम यसअघि सिद्धार्थ बैंकमै डेपुटी सीईओको रुपमा कार्यरत थिए । उनी सिद्धार्थ बैंक स्थापना भएदेखि नै सेकेण्ड म्यानको भूमिकामा थिए ।

सिद्धार्थ बैंकका सीइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि प्रखुम कार्यकारीको पद रिक्त थियो । सिद्धार्थ बैंक छाडेका भण्डारी कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ती पाईसकेको छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री