बिहीबार, १५ चैत २०८०

रियल स्कुल अफ नेपालको पहिलो क्षेत्रिय फाइनल सम्पन्न

समयपोष्ट २०७४ जेठ २३ गते ४:४२

 रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत पहिलो क्षेत्रीय फाइनल सोमवार पश्चिमाञ्चलको बुटवलमामा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय पारामाउण्ट उच्च माध्यमिक इङ्गलिस बोर्डिङ्ग स्कूल घोषित भएको छ ।
विजयी विद्यालयका सहभागी विद्यार्थीहरु अचर्ना अर्याल, प्रस्तिकथापा, प्रविन खरेल, बिसुगुरुङ्ग, प्रजुना अधिकारी र अंकित राजकोटि हुन् ।  यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्नहुने रियल स्कूल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर समुहको बिजेतामा एक्सटेम्पोरमा सुदिप भुसाल, लुम्बिनीबोर्डिङ्ग स्कूल,डान्समा प्रस्तिक थापा,पारामाउण्ट उच्चमाध्यमिक इङ्गलिस बोर्डिङ्ग स्कूल,फुटबल जगलिङमा प्रविन खरेल, पारामाउण्ट उच्चमाध्यमिकइङ्गलिस बोर्डिङ्ग स्कूल छन भने 
जुनियर समुहको अन्तरगतको बिजेतामा  पेन्टिङमा सबिनाशाहा, एपेक्स स्कूल, थ्री मिनेट टु फेममा रुपा रौटार, दिपबोर्डिङ्ग उच्चमाध्यमिक स्कूल,स्कोर द रियल गोलमा अंकित राजकोटि, पारामाउण्ट उच्चमाध्यमिक इङ्गलिस बोर्डिङ्ग स्कूल रहेका छन । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री