बुधबार, १२ वैशाख २०८१

कुमारी बैंकको सीईओमा सुरेन्द्र भण्डारी नियुक्त

समयपोष्ट २०७४ जेठ २२ गते १२:३५

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । कुमारीको सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरको हो।
कुमारीमा राजीव गिरी कायममुकाम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहदै आएका थिए । यसअघि पनि भण्डारी कुमारी बैंकको संस्थापक सिइओ रहिसकेका थिए । नबिल बैंकबाट करियर सुरु गरेका भण्डारी दिल्ली युनिभर्सिटीबाट एमबिए छन्। नबिलमा उनले महाप्रबन्धकसम्म भएर काम गरे। कुमारी र सिद्धार्थ गरेर उनी १७ बर्षसम्म प्रमुख कार्यकारीको जिम्मेवारीमा थिए।

Advertisement

गत असारमा मात्र सिद्धार्थ बैंकले चार बर्षका लागि कार्यकाल थप गरिदिएको थियो। तर, दुई कार्यकालभन्दा वढि बस्न नपाइने राष्ट्र बैंकको निर्देशन अनुसार उनले सिद्धार्थ छोडेर कुमारी बैक रोजेका हुन । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री