शनिबार, ८ वैशाख २०८१

लाइफ इन्स्योरेन्स कर्पाेरेसनको २४.८ प्रतिशत बोनस पारित, बोनसपछि पूँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय

समयपोष्ट २०७४ जेठ २१ गते ११:०२

लाइफ इन्स्योरेन्स कर्पाेरेसन लिमिटेडको १५ औ बार्षिक साधारणसभाले २४.८ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीले कर प्रयोजनका लागि १.३० प्रतिशत नगद लाभांस समेत पारित गरेको छ ।

Advertisement

हाल कम्पनीको एक अर्ब ६ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार पाँच सय रुपैंया पुग्नेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले चार करोड ९८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७२ पैसा कायम गरेको छ । यसअवधिमा कम्पनीले ५ अर्ब ७८ करोड वीमाशुल्क आर्जन गरेको छ । कम्पनीले जीवन बिमा कोषमा ३१ अर्ब ८९ करोड १७ लाख रुपैयाँ तथा जगेडाकोषमा २२ करोड ९८ लाख ९१ हजार रुपैयाँ राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री